संजय राजवंशी
कटहरी, पुस २६ गते । कोशी प्रदेशको पूर्वी नेपालको सुनसरी, मोरंग र झापामा बसोवास गरेका राजवंशी समुदायले पुस महिनाको अन्तिम दिन भक्का दिवस मनाउने भएका छन् ।
भक्का दिवस राजवंशी समुदायले सांस्कृतिक उत्सवका रुपमा झापा जिल्लाको सदरमुकाम भद्रपुरमा पुस २९ गते आईतवार मनाउने रावंशी समाज विकास समिति केन्द्रीय अध्यक्ष शुबन्त राजवंशी भद्रपुरको सिटी गार्डेनमा पत्रकार सम्मेलन गरी जानकारी गराए ।
राजवंशी समुदायको संस्कार, संस्कृतिको पहिचानको लागि भक्का उत्सव मनाउने परम्पराको पहिलो थालनी गर्न लागेको रासविस समितिका झापा जिल्ला अध्यक्ष उत्तम कुमार राजवंशीले जानकारी गराउँदै सो दिन आगन्तुक पहुनाहरुलाई निशुल्क भक्का खुवाउने वताए ।
राजवंशीहरूको भान्साबाट लोप हुँदै गएको मौलिक खाजा भक्काको प्रवद्र्धनको लागि परम्परागत ओखल (गहिन) गहिनमा कुटेको चामलको पिठोबाट भक्का तयारी गरिनेछ । थोरै लगानीमा व्यवसायको ढोका खुल्ने विश्वास आयोजकले लिएको छ ।
भक्का खास गरी जाडो आममा विहान र बेलुका अचार र तरकारीको साथ खाने गरीन्छ । आजभोली भक्का व्यवसायको रुपमा विहान र बेलुका राजवंशी लगायत अन्य जातिको महिलाहरुले समेत चौकहरुमा बेच्ने गरीन्छ । भक्का सानो लगानीमा राम्रो आन्दानी भएकोले उत्सवको रुपमा मनाएर संस्थागत गर्न खोजेको आयोजकको बुझाई छ ।
भक्का दिवसको अवसरमा गायक बलराम राजवंशी सहित अन्य राष्ट्रिय तथा चर्चित स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]