काठमाडौं, भाद्र ९ गते । नेपालमा कोरोना संक्रमणको अहिले शुरुवाती चरण हो अवस्था अझ गम्भीर हुने सम्भावना भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भविष्यवाणी गरेको छ ।
डब्लुएचओका नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा परिस्थिति अझ् नराम्रो हुने बताएका हुन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपडेटमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमलाई अन्तरवार्ता दिँदै भ्यानडिलिएरले भनेका छन्, हाम्रो अध्ययनले नेपालमा परिस्थिति अझै नराम्रो हुनसक्ने देखाएको छ ।’
अहिलेको अवस्था ‘सुरुवात मात्र’ हो । अब निकै नै कारोना संक्रमणको विरामी बढ्नेवाला छ । आगामी दिन, हप्ता र महिनामा धेरै नै केसहरू देख्ने छौं । परिस्थिति अझै नराम्रो हुनेवाला छ ।’
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने उनले बताए । उनको भनाइ छ, ‘कोभिड–१९ को संकटमा सरकारले मात्र सबैकुरा गर्न सक्दैन । यो लडाईंमा निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’
केन्द्र सरकारले मात्र कोरोनाविरुद्धको लडाईं जित्न नसक्ने भन्दै यसमा प्रदेश र स्थानीय सरकारको भूमिका प्रभावकारी राख्नुपर्नेमा समेत जोड दिए । कोरोना संकटमा स्वास्थ्य संगठनले नेपाललाई निरन्तर सहयोग गरिरहने आश्वासन समेत दिएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]