विराटनगर, पुस २४ गते । प्रगती विनायक जेष्ठ नागरिक सेवा समाज विराटनगर–८ को चौंथो साधारण सभावाट पुरानै कार्य समिति समितिलाई निरन्तरता दिएका छन् ।
प्रगती विनायक टोलको गणेश मन्दिरको प्रांगणमा पुस २३ गते सोमवार भएको साधारण सभाले पुरानै कार्य समितिलाई निरन्तरता दिएको हो ।
चौथो साधारण सभाका प्रमुख अतिथी विराटनगर महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष राम पोखरेल साधारण सभाको सफलताको कामना गर्दै जेष्ठ नागरिकलाई सबैले सम्मानत गर्नु पर्ने वताउँदै गणेश मन्दिर छेउमा निर्माणधीन रहेको जेष्ठ नागरिक पार्कलाई  अझै व्यवस्थित गर्न सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।


गणेश मन्दिर सेवा समिति एवंम सहमती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र कुमार थापाले प्रगती विनायक जेष्ठ नागरिक सेवा समाजको साधारण सभाको सफलताका कामना गर्दै संस्थाको दायरा वढाउन सवैले सहयोग गर्नु पर्ने वताए ।
प्रगती विनायक जेष्ठ नागरिक सेवा समाज ११ सदस्य कार्य समिति रहेको छ । समाजको कार्य समितिको अध्यक्षमा माधव प्रसाद ढुगेल, उपाध्यक्षमा चेतनाथ निरौला, सचिव राजेन्द्र कुमार थापा, कोषाध्यक्ष दिव्या कुमारी रेग्मी रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा देवनारायण मण्डल, भरत प्रसाद निरौला, हरि प्रसाद थपलिया, भानुभक्त थापा, पुष्पा अधिकारी, गंगा प्रसाद कोईराला र रत्न कुमार जोशी रहेका छन् ।
उक्त साधारण सभा प्रगती विनायक जेष्ठ नागरिक सेवा समाजका अध्यक्ष माधव प्रसाद ढुगेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]