बिराटनगर, भाद्र ९ गते । प्रदेश नं. १ झापा, ईलाम र मोरङ जिल्लाका बिभिन्न स्थानबाट नियन्त्रीत लागुऔषध सहित ६ जना पक्राउ परेका छन् ।े जिल्ला प्रहरी कार्यालय झापा तथा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण चन्द्रगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बाह्रदशी गाउँपालिका(२ बाट ६ ग्राम ५ मिलिग्राम ब्राउन सुगर सहित बाह्रदशी गाउँपालिका वडा नं. ३ को अमिन मोहम्बदलाई बिरिङ खोला किनाराबाट पक्राउ गरेको छ ।
त्यसैगरी ईलामको माङसेबुङ गाउँपालिका वडा नं. ५ को प्रेम राई र अमिर लिम्बु नियन्त्रीत लागुऔषध गाँजा सहित पक्राउ परेका छन् । प्रहरी चौकी पेल्टीमारीबाट खटिएको प्रहरी टोलीले २ केजी गाँजा सहित दुबै जनालाई पक्राउ गरेको हो ।
मोरङको केरावारी गाउँपालका वडा नं.६ बाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।े ईलाका प्रहरी कार्यालय केरावारीबाट खटिएको प्रहरी टोलीले मुगु खोला छेउमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १० प ७६९३ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त मोटरसाईकलमा सवार रहेका केरावारी गाउँपालिका वडा नंं ५ को रुपेश राई, धरान वडा नं. ८ की अबिमाया राई र उत्सव लिम्बुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]