विराटनगर, पुस ५ गते । मोरंग व्यपार संघले आयोजना गर्न लागेको ट्रेड एक्स्पोको समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट शुक्रवार हुने भएको छ ।
’मोरंग व्यापार संघ एक्स्पो २०२३’ को पूर्व संध्यामा आयोजित यस पत्रकार सम्मेलन मार्फत यस एक्स्पोका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालले प्रधानमन्त्रीबाट एक्सपोको समुद्घाटन हुने वताएका हुन् ।
एक्स्पो पोष ६ गते समुद्घाटन भई पौष १६ गते सम्म संचालन हुने छ । मुलुकको आर्थिक मेरुदण्डीय उद्योग÷व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि निरन्तर प्रयासरत रहँदै आएको एक्स्पोले मुलुकको विद्यमान आर्थिक सिथिलतालाई चलायमान बनाउने उद्देश्यले विगत वर्ष झै यस पटक पनि अन्तर्राष्ट्रियस्तरीय एक्सपो, लगाउन लागेको रिजालले वताए ।
एक्सपोमा यस पटकको मेलामा ३० हजार वर्ग फिटको नेपालकै सबै भन्दा ठूलो जर्मन प्रविधिका हैगरमा निर्मित करिब २४० स्टलहरू सबै बुक भई सकेका वताउदै महोत्सवलाई अकर्षक बनाउन पशुपतिनाथ र स्वयंभु प्यागोडा आकृतिको २५ फिट अग्लो मुख्य प्रवेशद्वार र ५५ फिट अग्लो आई. फिल. टावरको आकृति निर्माण गरिएको मोरंग व्यपार संघका उपाध्यक्ष एवंम एक्स्पो संयोजक अनिल कुमार साहले वताए ।
एक्स्पोमा नेपाल, भारत वंगलादेश, पाकिस्तान लगायतका देशहरुबाट प्रदर्शकहरूको उपस्थिति रहेको छ । २४० अक्टानम स्टल मार्फत नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका अतिरिक्त यस प्रदेशका महत्व झल्किने कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनहरूको प्रदर्शनीका अलावा छिमेकी राष्ट्र भारत लगायत बंगलादेश, पाकिस्तान आदि देशका उत्पादित वस्तुहरूको उत्पादनकर्ता र उपभोक्ता बीच सुमधुर सम्बन्ध कायम गराइने छ भने सुप्रसिद्ध कलाकारहरूको दैनिक प्रस्तुतिबाट दर्शकहरूलाई मनोरन्जन प्रदान गरिने संयोजक साहको भनाई छ ।
मेलामा दर्शकहरुलाई मनोखजन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट साँस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, सेल्फी जोन, किड्स जोन आदि राख्नुका साथै मुख्य आकर्षणको रूपमा नेपाली कलाकृतिमा आधारित प्रवेशद्वार निर्माण गरिने छ भने यस मेलामा स्वदेश र छिमेकी मुलुकबाट करिब चार लाख दर्शकको आगमन हुने आयोजकले अनुमान गरको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]