विराटनगर, पुस १ गते । अबको एक हप्ता भित्रमा उद्योग व्यवसाय दर्ता गर्नेले काठ्माडौंको झन्झट बेहोर्नु नपर्ने कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वताएको छ ।
कोशी प्रदेश योजना आयोगले विराटनगरमा आयोजना गरेको प्रथम आवधिक योजना कार्यान्वयनको समिक्षात्मक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले एक हप्ता भित्रै कोशी प्रदेशमै उद्योग दर्ताको लागि व्यवस्था मिलाइने जानकारी गराएको हो ।
हातहतियार सम्बन्धी विषेश उद्योग बाहेक अरु उद्योग अब प्रदेशमा दर्ता हुन्छ । ’सरकार र निजी क्षेत्र एक सिक्काका २ पाटा रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई निजी क्षेत्र मैत्री बनाउने वताउँदै भोकमरीबाट पिडित नागरिकलाई आत्मनिर्भर बनाउने अभियानको थालनि समेत चाँडै गर्ने वताए ।
मुख्यमन्त्री कार्कीले सरकारले व्यवसायको पवर्धनका लागि अब सरकारले अनुदान भन्दा पनि सापटी उपलब्ध गराइने मुख्यमन्त्री कार्कीको भनाई थियो । अनुदानमा चैं के केमा अनुदान छ त्यो हेरेर त्यसै तर्फ लाग्ने अनुदान पाएपछि छोडेर हिड्ने अबस्था आएकोले अब हामी त्यसो हैन मानिसलाई उद्यमी बनाउनका लागि सापटीको व्यवस्था गर्छौं । कृषिको पकेट क्षेत्र बनाएर सरकारले काम गर्ने वहाँले जानकारी गराएका थिए ।
विषय विज्ञको रुपमा प्रदेशको प्रथम आवधिक योजना कार्यान्वयनको अबस्थाको प्रतिवेदन प्रस्तुतगर्दै गण्डकी प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष डा.रघुराज काफ्लेले परीमाणत्मक लक्षमा ५० प्रतिसत हाँसिल भएको जानकारी गराउँदै ग्रहस्थ उत्पादन राजस्व तथा शुसासनको क्षेत्रमा लक्ष सन्तोषजनक उपलब्धि हासिल भएको वताए । निर्णय प्रकृयमामा अग्रसरताका साथै अनुगमनका साथै निजी क्षेत्र मैत्री बातावरण निर्माण भई नीति कार्यान्वय नभएमा अपेक्षा गरिएका लक्ष हाँसिल गर्ने नसकिने वताए ।
कार्यक्रममा सहभागि वक्ताहरुले कोशी प्रदेशमा विकाशका दृष्टिले अनेकौं सम्भावना रहेको बतउँदै त्यसको उपयोग र व्यवस्थापनको कार्य गरि लाभलिन सकिने वताएका छन् । उनिहरुले दिर्घकालीन सोच अनुसार दिगो विकाशका लागि पाईला चालनु पर्ने बताएका छन् ।
कार्यक्रमको अध्यक्षता समेत गरेका प्रदेश योजना आयोगगका उपाध्यक्ष पुरञ्जन आचार्यले आम जनताको सहभागितामा देशको निर्माण हुने उल्लेख गर्दै योजना आयोगले त्यस अनुसारको कार्य गर्ने वताए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]