जहदा, भाद्र ९ गते । सामाजिक दुरी कायम नगरेको र माक्स पनि नलगाएको भन्दै बाबा शिव मन्दिर व्यवस्थापन समितिले हटिया लगाउन प्रतिवन्ध लगाएको छ ।
प्रदेश नं. १ मोरंग जिल्लाको जहदा गाउँपालिका वडा नं. २ (हरिनगरा) सिघिया नदीको छेउमा रहेको बाबा शिव मन्दरको परिसरमा दिनहँु लाग्दै आएको हटियामा कोरोना संक्रमणवाट बच्न कुनै पनि सावधानी नअपनाएको भन्दै हटिया लगाउँन प्रतिवन्ध लगाएको स्थानीय भगलु राजवंशीले वताए ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण नेपालमा चैत ११ गते देखि निरन्तर लकडाउन भएकाले विराटनगर महानगरपालिका भित्र हाट बजार लगाउन प्रतिवन्ध लगाएपछि महानगरपालिका क्षेत्र रानी, झटयाही, फडानी र नेपालको दक्षिण सिमानामा रहेको पोखरिया, कालाबन्जर कुररिया लगायका व्यापारी र उपभोक्तहरुको भिडभाडले स्थानीय त्रसित भएर बाबा शिव मन्दिर व्यवस्थापन समितिको पहलमा सो हटियालाई बन्द गराएको अध्यक्ष राजेश कुमार राजवंशीको भनाई छ ।
हाटबजार व्यवस्थापनमा प्रशासनले पनि चासो नदेखाएको, वडा कार्यालय भिडभाड नियन्त्रण गर्न चासो नदेखाएको र व्यपारी र उपभोक्तले कोरोना संक्रमणवाट बच्न कुनै पनि सावधानी नअपनाएको भन्दै दिनहँु लाग्ने हटिया, भिडभाड, मन्दिर समितिको पहलमा केही साता देखि बन्द भएको छ । हटियामा प्रतिवन्ध लागेपछि स्थानीय बासी खुशी भएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]