विराटनगर, मंसिर २४ गते । सुजीकी टू ह्वीलरको आधिकारिक विक्रेता भी.जी. ओटोमोवाईल्स मार्फत अमाही मार्ट प्रालीले विराटनगरमा सुजुकीको नयाँ विक्री केन्द्र संचालनमा ल्याएको छ ।
विराटनगर–५ स्थित मुनालपथ मार्गमा संचलानमा ल्याएको अमाही मार्ट शोरुमको समुद्घाटन संघीय सांसद योगेन्द्र प्रसाद मण्डलले भव्य कार्यक्रमको वीच गरेको हो ।
कम्पनीले सुजुकी ग्राहकका लागि स्पेयर्स पाट्स र सहज सर्भिसको सुविधा प्रदान गर्ने घोषणा गरेका छन् । अमाही मार्ट सोरुमबाट कम्पनीले कुनै पनि पुरानो मोटरसाइकल र स्कुटी एक्सचेन्ज गरी नयाँ मोटरसाइकल र स्कुटी खरीद गर्दा आकर्षक छुट दिने व्यवसथा गरेको छ ।
उक्त समुद्घाटन कार्यक्रममा जीवन विकास लुघुवित्त संस्था लिमिटेडा प्रमुख कार्यकारी अधिकृत संजय कुमार मण्डल, नायब प्रमुख कार्यकारी अधिकृत दामोदर रेग्मी, भिजी ओटोमोबाइल्सका विक्री प्रमुख रामचन्द्र कडेल लगायतको उपस्थिति रहेको थियो ।
अमाही मार्ट समुद्घाटन कार्यक्रम भिजी ओटोमोबाइल्सका प्रहाप्रबन्धक धिरज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]