विराटनगर, भाद्र ८ गते । प्रदेश नं. १ मा आज कोरोना संक्रमित ६४ जना थप भएको छ । जसमा २४ जना महिला र ४० जना पुरुष रहेका छन् । थप संक्रमित संगै कुल संख्या २ हजार ७ सय २३ पुगेको छ ।
प्रदेश नं. १ को कोरोना संक्रमण थप भएका जिल्लाहरुमा मोरंग २९, सुनसरी १९, झापा ५, कनकुट्टा २, संखुवासभा १ र प्रदेश नं. १ भन्दा वाहिरको संख्या ८ रहेका छ ।
त्यसैगरी प्रदेश नं. १ को राजधानी विराटनगरमा २३ जना संक्रमित थप भएको छ । जसमा १० महिला र १३ पुरुष रहेका छन् । सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण पुष्टी भएको छ ।
सुनसरीको गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष, धरानमा २ महिला १ पुरुष, इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ । झापाको बा¥हदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणवाट प्रदेश १ मा थप २ जनाको मृत्यु भएको छ । सुनसरीको धरान र विराटनगरमा १÷१ पुरुषको मृत्यु भएको छ । प्रदेश १ मा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
कोरोनालाई जितेर घर फर्किनेको संख्या १२ रहेको छ । हाल सम्म डिस्चार्ज हुने संख्या १ हजार २ सय ८० पुगेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]