विराटनगर, मंसिर २२ गते । मोरंगको लेटाङ नगरपालिका वडा नं. ६ को रणनीतिक महत्वको बुधवारे सडकको कोशी प्रदेशका मुख्यम मन्त्री केदार कार्काले शिलान्यास गरेका छन् ।
शुक्रअवार पूर्वाधार विकास कार्यालयले लेटाङमा आयोजना गरेको सडक शिलान्यास समारोहमा मुख्यमन्त्रीकार्कीले २९.६० किलोमिटर लम्बाइको रणनीतिक योजनाको सडकको शिलान्यास गरेको हो ।
पाँचथरको मिक्लाजुङ गाउँपालिका र धनकुटाको चौबिसे गाउँपालिका साथै इलाम तथा ताप्लेजुङका स्थानीयलाई समेत प्रदेशको राजधानी विराटनगर आउन छिटो पर्ने सडक रणनीतिक योजनाको सडक भएको मुख्यमन्त्री कार्कीले शिलान्यास समारोहमा वताए ।
‘सडक निर्माणपछि त्यस भेगका कृषि उत्पादन बजारसम्म पु¥याउनुका साथै उत्पादनमा लाग्ने साधन श्रोतलाई किसान सम्म पु¥याउनका लागि महत्वपूर्ण सावित हुने वताए ।’
अन्य आयोजनाको छनौट गरेर आवश्यक्ताका आधारमा निर्माण हुने बताउँदै मुख्यमन्त्री कार्कीले सम्पन्नता गर्ने ग्यारेन्टी सहित योजना छनौट हुने वताए । कार्यक्रममा सहभागी वक्ताहरूले समयमै सडक निमार्णको कार्य सकेर जनतालाई सेवा दिनुपर्नेमा जोड दिएका थिए ।
सो सडकको सन्तोषी–जोया एण्ड ब्रोदर्स जेभीले २०८३ वैशाख २८ गते सम्पन्न गर्ने गरी ८७ करोड ३ लाख ५३ हजार २७ रुपैया ७० पैसामा ठेक्का सम्झौता गरेको छ । निर्माण व्यवसायीका सञ्चालक भीमपौडेलले समयमै गुणस्तरीय काम गरेर सडक हस्तान्तरण गर्ने प्रतिवद्धता जनाएका थिए ।
भौतिकपूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशका सचिव रमेश कुमार सिंहको सभापतित्वमा भएको कार्यक्रममा सम्बन्धित स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै सरोकार बाला निकायको समेत सहभागिता रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]