विराटनगर, मंसिर १७ गते । सन्चो जनस्वास्थ्य सहकारी लिमिटेडद्धारा विराटनगर महानगरपालिका वडा नं. ७ हस्पिटल चौकमा २ करोडको लगानीमा पोलिक्लिनिक संचालनमा ल्याएका छन् ।
उक्त पालिक्लिनिकको विधीवत रुपमा विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले रिवन काटेर समुद्घाटन गरेको हो । सन्चो जनस्वास्थ्य सहकारी संस्था लिमिटेड २०७० सालमा स्थापना भई निरन्तर स्वास्थ्य क्षेत्रमा जनताको सेवा गर्दै फड्को मार्दै आई रहेको संस्थाका अध्यक्ष ध्रुवलाल उरावले वताए ।
सन्चो जनस्वास्थ्य सहकारी संस्था लिमिटेडद्धारा प्रर्र्वद्धित सन्चो रिफरेन्स लेवरोटरी एण्ड डाइगनोष्टीक सेन्टर यस भन्दा अगाडी नै संचालनमा ल्याईसको छ । संस्थामा ७७ जना स्वास्थ्य पेशासंग संम्बन्धि शेयर सदस्य रहको छ भने संस्थाको शेयर पुँजी ८० लाख रहेको संस्थाका सचिव जितेन्द्र झाले वताए ।
कुनै पनि सहकारी संस्थाका सदस्यले आफ्नो परिचयपत्र सहित आएमा पोलिक्लिनिकवाट ३५ देखि ५० प्रतिशत छ्ुट पाउने छ भने शनिवार रगत लगायतका अन्य परिक्षण गराउँदा ५० प्रतिशत छुट दिने छ ।
पोलिक्लिनिकमा डाक्टर दिवाकर विश्वास सर्जन, डा. संतोष नेपाल अर्थोपेडिक, डा. विभा मण्डल स्त्री रोग विषेशज्ञ, डा. सचिदानन्द दास फिजिसियको सेवा उपलब्ध छ । पोलिक्लिनिकमा ल्याव सम्बन्धि सम्पूण जाँच, भिडियो एक्सरे, एक्सरे, इसीजी, लगायतको सेवा रहको झाले वताए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]