विराटनगर, कार्तिक ४ गते । मोरंग धनपालथान गाउँपालिका वडा नं. २ खैरबना टोलको सडकबाट शुक्रवार राती स्कारपियोमा लुकाई राखेको हतियार सहित तीन जना प्रहरीको फन्दामा परेको छ ।
सडकमा पार्किङ गरी राखेको स्कारपियोवाट २–३ जना मानिस बाहिर निष्की गफसफ गरेको अवस्थालाई देखेर स्थानीयले सोही टोलमा रहेको प्रहरीलाई तत्काल खवर गरेपछि प्रहरी आउन साथ खोजतला र सोधपुछ गर्दा स्कारपियामा सवार १०–११ जना मध्ये १ जनाले गाडीमा बम छ भनी हल्ला फैलाई ड्राईभर बाहेक सवै भागेको स्कारपियोमा रक्सीको काटुन समेत भेटिएको एक स्थानीयले वताए ।
प्रहरीले पार्किङ गरी राखेको बीआर ०६ पीए १३६२ नम्बरको सेतो रंगको स्कारपियोको चालक जिल्ला सर्लाही हरिपुर्वा नगरपालिका वडा नं.– ७ बस्ने वर्ष २७ को रबिन्द्र कुमार यादवलाई तत्काल नियन्त्रणमा लिएको थियो । स्कारपियो चेकजाँच गर्दा गाडीको ड्यासबोर्ड भित्र लुकाई छिपाई कालो कपडामा बेरी राखेको कटुवा पेस्टोल थान–१, पेस्तोलमा प्रयोग हुने गोली राउण्ड ३ समेत बरामद गरिएको थियो ।
गाडीमा सवार भई तत्काल फरार रहेका जिल्ला सर्लाही हरिपुर्वा नगरपालिका वडा नं.–७ बस्ने वर्ष २० को कमलेश कुमार यादव र जिल्ला महोत्तरी गौसला नगरपालिका वडा नं.–६ बस्ने वर्ष २२ को राम दयाल यादवलाई जिल्ला मोरङ धनपालथान गाउँपालिका वडा नं.–३ दशगजाबाट शनिवारे ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
स्कारपिया गाडी धनपालथान कर्सिया बजारबाट दक्षिण खैरबना जानेवाटमा छिरेको थियो । सो बाटो सिधै भारतको सडकमा जोडिन्छ । तर हाल त्यो बाटो अवरोध रहेको कारण नेपालवाट अपराध गरी भारत छिर्न नसकि पक्राउ परेको स्थानीयको भनाई छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार कारपियो गाडीलाई नेपाल प्रहरी प्रहरी चौकी अमाहीबरियाती र सशस्त्र प्रहरी बल नेपालको प्रस्तावित सिमा सुरक्षा गुल्म सोराभागबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भागेकाहरुको खोजी भई रहेको छ भने पक्राउ परेका ३ जनामा थप अनुसन्धान भई रहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]