विराटनगर, असोज २४ गते । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरंगले, जिल्ला प्रहरी कार्यालय मोरङ, मातहतका प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा यात्रुहरुको लागि सहायता कक्ष संचालनमा ल्याएको छ ।
नेपालीहरूको महान चाड पर्व विजया दशमी, शुभ दिपावली र छठको समयमा यात्रा गर्ने यात्रुहरूको सहजता र सुरक्षित यात्राको लागि यात्रु सहायता कक्ष संचालनमा ल्याईएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, मातहतका प्रहरी कार्यालयहरू र यातायात व्यवस्था सम्बन्ध संस्थाहरू समेतको समन्वय र सहकार्यमा सहायत कक्ष संचालनमा ल्याएको छ ।
यात्रुहरुले विराटनगरको बसपार्क, उर्लाबारी, पथरी, बेलबारी, विराटचोक र रंगेली समेतमा गरी ६ स्थानमा स्थापना गरिएको सहायता कक्षबाट सेवा प्रवाह हुने जिल्ला प्रहरी कार्यालय मोरंगका प्रवक्ता एवंम सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रन्जन कुमार दाहालले जानकारी गराए ।
जिल्ला ट्राफिक कार्यालय मोरंगले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]