विराटनगर, भाद्र ८ गते । प्रदेश नं. १ को राजधानी विराटनगर महानगर पालिकाको १३ वटा वडाहरुमा ४१ जना थप कोरोना संक्रमित पुष्टी भएको छ । जसमध्ये पुरुष २५ र महिला १६ रहेका छन् ।
महानगरपालिकामा भित्र कोरोना संक्रमित थप भएका वडाहरुमा वडा नं. १ मा ३ जना, वडा नं. २ मा २ जना, वडा नं. ३ मा ४ जना, वडा नं. ४ मा २ जना, वडा नं. ६ मा १ जना, वडा नं. ७ मा २ जना, वडा नं. ८ मा १२ जना, वडा नं. ९ मा २ जना, वडा नं. १० मा ३ जना, वडा नं. ११ मा ५ जना, वडा नं. १२ मा १ जना, वडा नं. १५ मा ६ जना र वडा नं. १८ मा २ जना रहेका छन् ।
हाल सम्म महानगरपालिका भित्र कुल संक्रमितको संख्या ८ सय १२ पुगेको छ भने ७ जनाको मृत्यु भएको महानगर पालिकाले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]