विराटनगर, असाेज २३ गते । चारवटा राजनीतिक पार्टी सम्मेलित समाजवादी माेर्चाले माेरंगकाे संदेश सभा असाेज २५ गते विहीवार माेरंगकाे पुरानाे सदर मुकाम रंगेलीमा गर्ने भएकाे छ ।
माेरंग माेर्चा संयाेजक एवंम जनता समाजवादी पार्टी माेरंगका जिल्ला अध्यक्ष राजकुमार यादव लगायग माेर्चाका नेताहरूले पत्रकार सम्मेलन गरि साे कुरा वताएकाे हाे ।
जनताको अथक संघर्ष र हजारौंको बलिदानिका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भई जनताका आधारभुत समस्याको संवोधन संविधानमा भए पश्चात आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन हाम्रो मुख्य कार्यभार भएता पनि जनताको सुख, शान्ती, सम्बुद्धि, सामाजिक न्याय सहित गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सुरक्षाको ग्यारेन्टी गर्न नसकी जनतामा वितृष्णा, असन्तुष्टी र आक्रोस बढि रहेकाे विकृतिको अन्त गर्न र समानतामा आधारित समाजवादी लक्ष्य पूरा गर्न चार राजनितिक पार्टीहरु मिलि समाजवादी मोर्चा, नेपाल गठन भएकाे यादवले वताए
मार्चाले केन्द्र, प्रदेश हुँदै जिल्ला तहसम्म समाजवादी सिद्धान्त, कार्यक्रम र कार्यदिशालाई सफल बनाउन सन्देश सभा मार्फत जनता सामु पुग्ने कार्यक्रम रहेको नेकपा एसका पाेलिटव्युराे सदस्य महेश रेग्मीले वताए ।
उक्त सभा जसपाका केन्द्रिय अध्यक्ष माननिय उपेन्द्र यादवको प्रमुख आतिथ्य र चार पार्टिका केन्द्र नेताले सम्बोधन गर्ने भएको छ । कार्यक्रमको सम्पूर्ण तयारी समेत पुरा भईसकेको समेत जानकारी गराए
पत्रकार सम्मेलनमा विजय विजय कुमार विश्वास अध्यक्ष नेकपा माओवादी केन्द्र, चन्द्रविर राई अध्यक्ष नेकपा (एस) संगीत सि इन्जार्ज नेकपाकाे उपस्थिति रहेकाे थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]