विराटनगर, असोज १९ गते । हिंसात्मक झडप हुन नपाई घरेलु हातहतियार सहित १५ जनालाइ प्रहरीले पक्राउ गरी अनुसन्धान थालेका छन् ।
विराटनगर महानगरपालिका–९ घोघापुल चोकमा दुई समूह बिच झडप हुन लागेको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय मोरंगबाट खटिएको प्रहरी टोलीले घोघापुल र शनिमन्दिर चौकवाट १५ जनालाई पक्राउ गरी अनुसन्धान थालेको हो ।
हातहतियार सहित घटना घाटउनु अघी नै शंकित व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको कारण दुई समूह विच हिंसात्मक झडप हुन नपाई सम्भाबित दुर्घटनामा टार्न सफल भएको प्रहरीको भनाई छ । पक्राउ पर्ने १५ जना व्यक्तिहरू मध्ये ६ जना १८ बर्ष वा सो भन्दा माथिका बयश्क रहेको छ ।
पक्राउ पर्नेमा मोरंग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ४ को सेख कबी अली जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं. ६ को बिजय चोधरी, राहुल दास, ललन कुमार मेहता, संजय मेहता प्रेम चौधरी रहेका छन् । उनीहरुको साथवाट तरवार–अन्दाजी ४ फिटको थान–१, खुर्पा थान– १, लाठी थान–५, फलामको धारिलो नोख थान–१, नोखको रूपमा प्रयोग गरिने धातुको चुरा थान–५, पेचकस थान– १ बरामद भएका छन् ।
पक्राउ परेका १५ जना उपर थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: crimeopration@gmail.com