विराटनगर, असोज १३ गते । सर्लाहीको सदरमुकाम मलङ्वामा अध्ययनरत दुई युवती आफ्नै साथीबाट बालात्कृत भएकी छिन् । कलेजमा अध्ययनरत दुवै युवती सामुहिक बलात्कारको शिकार भएको हो ।
भदौ ३१ गते युवतीहरू बालात्कृत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । बालात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले प्रकाउ गरेको छ । पीडित युवतीले असोज ९ गते उजुरी दिएपछि प्रहरीले उनीहरूलाई प्रकाउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको अनिकित कुमार यादव र पर्सा जिल्लाका सुजित चौधरी रहेको छ भने अर्का एक जना फरार रहको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
मलङ्वा–२ मा भाडा लिएर बस्दै आएका युवतीहरूलाई कोठामा भोज खानका लागि बोलाई बालात्कार गरेके प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]