विराटनगर, असोज ९ गते । ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर सहित दुई स्थानबाट ५ जनालाई पहरीले पक्राउ गरको छ ।
बिराटनगर महानगरपालिका–१५ स्थितबाट प्रहरीले ठुलो परिमाणमा लागुऔषध ब्राउनसुगर बरामद गरेको छ । सोमबार लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको ईटहरी उप–महानगरपालिका–१२ का ४० बर्षीय शुसिल कुमार साह र चितवन जिल्लाको भरतपुर महानगरपालिका–१ का ३२ बर्षीय राजकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट ५८ ग्राम ७८ मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र नगद १० हजार रूपैया बरामद गरेको थियो । । लागुऔषध सहित पक्राउ परेका दुबैजनालाई ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान गरिरहेको छ ।
त्यसैगरी झापाको २ छुट्टा छुट्टै स्थानहरुबाट ३ जना लाई प्रहरीले प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको छ । सोमबार विशेष सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका मेचीनगर नगरपालिका–६ का २० वर्षीय सुजन बिश्वकर्मालाई पक्राउ गरको थियो । उनको साथबाट एक ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको थियो । ईलाका प्रहरी कार्यालय झिलझिले झापाको प्रहरी टोलीले झापाको शिवसताक्षी नगरपालिका–११ दुधे स्थित बस काउन्टरबाट प्रदेश १– ०१–०१३ प ६५८१ नम्बरको स्कुटरमा चामलको बोरा भित्र प्लास्टिकले पोको पारी लुकाई छिपाई ल्याएको ९ ग्राम ७ सय ७० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित शिवसताक्षी नगरपालिका–१ धरमपुरका २९ वर्षिय साजन राई र ३५ वर्षिय सुन्दर लावतीलाई पक्राउ गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइ रहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]