विराटनगर, असोज ७ गते । विभिन्न जातजातिहरुको खानाको प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम दशै कार्निभल २०८० फुड फेस्टिबल अर्थात दशै स्ट्रीट फेस्टिबल घटस्थापना देखि फूलपाती संचालन हुने भएको छ ।
विराटनगरको मुटु महेन्द्र चौक देखि ट्राफिक चौक सम्मको बाटोमा असोज २८ गते देखि कार्तिक ४ गते सम्म हुने दशै स्ट्रीट फेस्टिबलमा दर्जनौ जातजातिका खानाको प्रकार र राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांस्कृती गायत तथा नृत्य प्रस्तुती रहने जतिन तम्रकारले वताए ।
दशै स्ट्रीट फेस्टिबलमा २५ बटा स्टलहरु रहने छ सो स्टलहरुमा नेवारी, साउथ, थारु, मैथली, राजवंशी लगायतको कानाको परिकार उपलब्ध हुने छ । त्यसैगरी सास्कृतीक कार्यक्रम निःशुल्क हुनेछ ।
सडकलाई दशै भाइब्स श्रीङार ले सजाइने छ “प्राय दशैमा काठ्मान्डु लगायत बिदेशबाट स्वादेश आफ्नो घर बिराटनगर आउने महानगर बासीलाई दशै बिशेष खुशीयालीका साथ मनाउने उदेश्यले आयोजक कमेटी तयारीमा जुटेको छ । करीब ३१ लाख खर्च हुने अनुमान गरिएको दशै स्ट्रीट फेस्टिबलको आयोजना मन्जिना मुभिज क्रीएसन÷भाजु युवराज फाउन्डेसनले गर्ने छन् भने इभेन्टको जिम्मा भाइरल इभेन्टलाई दिएको पत्रकार सम्मेलनमा तम्रकारले जानकारी गराए ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]