विराटनगर, असोज ७ गते । भारतको हैदरावादी बिरयानीको स्वाद विराटनगर महानगरपालिका वडा नं. ६ सरौचिया बुद्धचौकमा रहेकोे नाईस बिरयानीमा विराटनगरबासीले पाउने भएको छ ।
भारतको हैदरावादमा उत्पत्ति भएको बिरयानीको एक प्रकार हो । यो चामलबाट खाना पकाउने दम विधिको प्रयोग गरी तयार गरीन्छ । सोही विधीवाट बिरयानी बनाई विराटनगरबासी लगायत यहाँ आउने आम उपभोक्ताले वास्तविक हैदरावादी बिरयानीको स्वाद पाउने कुरा नाईस बिरयानीका मेनेजमेन्ट डाइरेक्टर समिम सिद्धिकीले दावी गरेको छ ।
सिद्धिकीका अनुसार करिब २५ देखि ३० लाखको लगानीमा सुरु गरेको बिरयानी हाउसमा मटन बिरयानी, चिकेन बिरयानी, फिस बिरयानी, मासु–चिउरा, भजे बिरयानी, लस्सी र मिल्क सेकका प्रकारहरु हुने छ । यहाँ उपलब्ध हुने परिकारहरु स्वदेशी तथा विदेशी सामग्री प्रयोग गर्नुका साथै बिरयानी पकाउने कुक समेत हाललाई भारतवाट झिकाएको छ । विस्तारै विस्तार स्वदेशी जनशक्ति तयार गरी स्वदेशकै युवाहरुलाई रोजगारी दिने वताए ।
नाईस बिरयानी संचालक तीन जना दाजुभाई ममताज आलम, इम्तीयाज आलम र इम्राम आलम २२ वर्ष देखि कतारमा गोर्खाली रेष्टुरेन्ट र दिलवाले रेष्टुरेन्ट संचालन गरी रहेका छन् । उनीहरुका चाहना अनुसार आफ्नै देशमा केही गरौ जसले रोजगारीको सृजना गरोस र वास्तवी स्वाद पनि पाओस भनेर नाईस बिरयानी संचालनमा ल्याएको सिद्धिकीको भनाई छ ।
स्वदेशी तथा विदेश सामग्री प्रयोग गरी सस्तोमा विदेशी तरीकाबाट बिरयानी बनाएर विराटनगर लगायत छिमेकी जिल्ला सुनसरी र झापाका उपभोक्तालाई वास्तविक बिरयानीको स्वाद दिलाई संन्तुष्टी दिलाउने लक्ष्यको साथ नाईस बिरयानी संचालनमा ल्याएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]