विराटनगर, असोज ४ गते । अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा प्रेम रावतका अनुयायीहरुले प्रवचन सुन्नुका साथै वृहत र्याली निकालेका छन् ।
विराटनगरको रामजानकी मन्दिरको रजत हलमा प्रेम रावत जी महाराजको भिडियो मार्फत सयौ अनुयायीहरुले प्रवचन सुनेका थिए । प्रवचन पश्चात ती अनुयायीहरुले ‘बास्तवीक शान्ति तपाई भित्रै छ र त्यसको अनुभूति केवल आफू भित्र गर्न सक्नु हुन्छ’ भन्ने मुलनाराका साथ ब्यानर र प्ले कार्ड लिएर बजार परिक्रमा गरेका थिए ।
आत्मज्ञान प्रचार संघको आयोजनमा भएको ¥याली रामजानी मन्दिरवाट पंचमुखी चौक, ट्राफिक चौक, महेन्द्र चौक, शनिमन्दिर, विजुली अफिस, वडा प्रहरी कार्यालय, अतिथी सदन, बजारको मुख्य सडक हँदै पुन ः रामजानकी मन्दिरमा ¥याली समापन गरको थिए ।
हामी अशान्त हुन निकै अभ्यस्त छौँ त्यसैले गा¥हो हुन्छ हामीलाई शान्त रहन । अशान्त भैहाल्ने बानी परेको छ । शान्तिको अभ्यास हामीबाट कोसौँ दूर छ । हामीले शान्तिलाई स्वागत नै गरेका छैनौँ । शान्तिलाई आफ्नो दैनिकी बनाएका छैनौँ । आफूभित्रको परम शान्तिलाई हेर्ने, बुझ्ने र अनुभव गर्ने अभ्यास नै गरेका छैनौँ अनि हामी कसरी शान्त हुन सक्छौँ ? अशान्त बन्न मेहनत गर्नु पर्दैन तर शान्त बस्न मेहनत गर्नु पर्छ । अशान्ति त्यो गन्दे झार हो जो बिना परिश्रम उम्रन्छ तर शान्ति त्यो मिठो फल हो जुन उब्जाउन परिश्रम गर्नु पर्छ ।
प्रेम रावतको सन्देशमा यिनै कुराहरू व्यापक छन् । प्रेम रावत भन्नु हुन्छ चौबीस घन्टामा एक घन्टा शान्तिको अभ्यास गर, बाँकी तेइस घन्टा तिम्रो सुखद हुन्छ बाँच्छ तर हामी एक घन्टा पनि आफ्नो लागि छुट्टाउन सक्दैनौँ । हामी कति अटेरी छौँ त्यसैले त दुखी छौँ , अभावमा छौँ । सम्पन्न भएर पनि भिखारी भएका छौँ ।
यदि शान्तिलाई जीवनको एक अङ्ग बनाउने हो भने हामी सम्राट हुनेछौँ । परिस्थिति जस्तोसुकै होस् यदि हाम्रो मनस्थिति शान्त छ भने आनन्द र प्रेमको वर्षात् हुनेछ भन्ने प्रेम रावतको संदेश लाई सुन्दै जाँदा शान्ति वास्तवमै सम्भव छ । मात्र अभ्यास गर्न जरुरी छ । शान्ति प्राप्त गर्न घर छोडेर हिँड्नु पर्दैन । पहाड फोड्नु जानू पर्दैन । आफूभित्र आफैँले हेर्ने, सुन्ने, अनि आन्तरिक शक्तिलाई महसुस गर्ने र आनन्दलाई चाख्ने अभ्यास गर्नु पर्ने आवश्यक रहको संदेशमा उल्लेख छ । शान्ति सम्भव छ ! शान्ति सम्भव छ !
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]