विराटनगर, असाेज ३ गते । नेपाल र भारतकाे सिमा क्षेत्रमा रहेकाे जाेगवनीमा लागुआैषध काराेवार राेकिनुकाे सट्टा नयाँ नयाँ अनुहार देख्न थालेका छन ।
गाेप्य सूचनाकाे आधारमा जोगबनी प्रहरीले टिकुलियाको इन्दिरानगर स्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध सहित एक जनालाई पक्राउ परेपछि साे रहस्य खुलेकाे हाे ।
साे सम्बन्धमा जाेगवनी प्रहरी चौकी इन्चार्ज भगतलाल मण्डलले मंगलबार साँझ टिकुलिया कोलोनी इन्द्रनगरमा छापा मारेर गजेन्द्र सिंहलाई टिकुलियास्थित उनको घरबाट १९८५ थान लागुऔषध सुईसहित पक्राउ गरेको थियो ।
छापा मार्ने कार्यमा प्रहरी चौकी प्रमुख बाहेक प्रशिक्षार्थी पुनी कुणाल श्रीवास्तव लगायत प्रहरी चौकीका अन्य प्रहरी संलग्न थिए ।
पक्राउ परेका अभियुक्तलाई न्यायिक हिरासतमा राखेर अररिया पठाइएको र लागुआैषध काराेबारमा जहिले पनि नयाँ अनुहार पक्राउ परने गरेकाे प्रहरी चौकी प्रमुखले बताए ।
सिमा क्षेत्रमा प्रहरी र एसएसबीले समय समयमा अभियान र सूचनाका आधारमा कारबाही गर्दै आएको छ । प्रहरीकाे निगरानी हुदाहुदै पनि जोगबनीमा लागुऔषध कारोबार रोकिएको छैन । हरेक दिन नयाँ नयाँ अनुहार प्रहरीको चपेटामा पर्दै आएका छन ।
नेपाल भारतका खुल्ला सिमानाका कारण नेपालबाट भारत तर्फ गाजा तस्करी गर्ने र भारतबाट प्रतिबन्धित लागुआैषधहरू नेपाल भित्र्याउने गिराेहहरू सक्रिय हुँदै गरेकाे देखिन्छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]