विराटनगर, असोज २ गते । श्री गणपति महोत्सवको अवसरमा आज देखि पाँच दिनसम्म श्री गणमति बप्पा मोरीयाको धुनमा विराटनगर बासी नाच्ने र झुम्ने भएका छन् ।
विगत वर्ष र्झै यस वर्ष पनि श्री गणपति महोत्सव समितिलले विराटनगरको ठाकुरवाडी रोड, रामजानकी मन्दिर अगाडी श्री सिद्धिविनायक गणपतिको विशेष पुजा आराधना गरी मनाउँदै छ ।
बिश्व शान्तिको कामना गर्दै आयोजना गरिएका गणपति महोत्सको मुख्य आकर्षणको रुपमा गणेश भगवानलाई भोग चढाइँने ५१ किलोको लड्डु रहेको छ भने पुजा अवधि भरमा करीब २ सय केलो लड्डु र बुनियाको प्रसाद वितरण गरिने छ ।
आयोजकले ऐतिहासिक धार्मिक नगरी विराटनगरमा विगतका वर्षहरु झै यसवर्ष पनि २०८० साल आश्विन २ गते मंगलबारदेखि ६ गते शनिवारसम्म श्री गणपति महोत्सव विभिन्न धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरु सहित भव्य रुपमा मनाइने भएको हुँदा स–परिवार बन्धुबान्धव सहित उपस्थित भई पुण्य लाभ उठाउन हुन हार्दिक आग्रह समेत गरको छ ।
असोज २ गते देखि ६ गते सम्म मनाउने गणपति महोत्समा विहान वेलुका गरी दुई पटक पुजापाठका साथ वेलुका महा आरती समेत गर्ने आयोजक समितिका बैजनाथ कुमार गुप्ताले वताए ।श्री गणपति महोत्सको अन्तिम दिन अर्थात असोज ६ गते शनिवार वेलुकी ४ बजे शोभा यात्रा समेत निकालिनेछ । सोभायात्रा ठाकुरवाडी रोडवाट शुरुभई पंजमुखी हनुमान मन्दिर, ट्रफिक चौक, रोडशेष चौक, महेन्द्र चौक, महावीर चौक, महावीर रोड, काली मन्दिर, सत्यनारायण मन्दिर हुँदै तीनपैनी चौक हुँदै हनुमान मन्दिर अगाडी सिघिया खोलामा विसर्जन गर्ने कार्यक्रम रहेको छ ।
श्री गणपति महोत्सव विगत २०६४ सालदेखि निरन्तर रूपमा हुदै आएका छन ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]