विराटनगर, भाद्र ३० गते । दिदी–भिनाजुको कमजोर आर्थिक अवस्था भएका करण छोरा–छोरीलाई उच्च शिक्षामा अध्ययन गर्न लिएको लाखौ रकम फिर्ता नगरेपछि सालोको विच्चली भएको छ ।
नेपाल पत्रकार महासंघ मोरंग शाखाको हलमा पत्रकार सम्मेलनमा जिल्ला सुनसरी साहेबगंज–९ हाल देवानगंज गाउँपालिका वडा नं. ५ स्थायी घर भै विराटनगर महानगरपालिका–१३ डेरा गरी बस्ने ओम प्रकाश साह दिदी–भिनाजु र भान्जाले पटक पटक गरी लिएको २० लाख फिर्ता नगरको आरोप लगाएका हुन् ।
जिल्ला उदयपुर, चौदण्डीगढी नगरपालिका–४ बसाहा बर्खे डाडा बस्ने दिदी गीता साह, भिनाजु सुरेन्द्र प्रसाद साह र भान्जा संजय साहलाई मेरो नाममा रहेको देवानगंज गाउँपालिकाको १३ कठ्ठा ४ धुर जग्गा वेचेर भान्जा विराटनगर आएको बखत चेक मार्फत ११ पटक र नगद ६÷७ पटक गरी २० लाख सापटी दिएको पत्रकार सम्मेलनमा ओम प्रकाश साहले वताए ।
छोरा–छोरीको पढाईको लागि लिएको रकम वदनियत पुर्वक आफ्नो व्यपार व्यवसायमा लगाएको र छोरीलाई अष्ट्रेलिया पठाएको र विश्वास घातगरी सो रकम लिएको २०७९ साल माघ महिनामा थाहा पाएपछि सो रकम माघ दोस्रो साता फोन गरी मेरो लिएका रकम फिता माग्दा दिदी भिनाजुले तिमीसंग कुनै रकम लिएको छैन । आइन्दा पैसाको कुरा नगर्ने धम्की दिएपछि सो रकम असुल उपर गर्न अहिले प्रहरी कार्यालय र अदालत धाई रहेको गुनासो ओम प्रकाश साहले गुनासो गरे ।
रकम असुल उपर गर्न इलाका प्रहरी कार्यालय बेल्टार उदयपुरमा आवश्यक कारवाहीको लागि निवेदन दिएकोमा सो कार्यालयवाट तपाईको लेनदेन विराटनगरवाट भएकोले सोही ठाउँमा जाहेरी गर्न भनेपछि जिल्ला प्रहरी कार्यालय मोरंगमा समेत जाहेरी दर्ता गराएको र अदालतमा समेत मुद्दा दर्ता गरको ओम प्रकाश साहले वताए ।
चेक मार्फत दिएको रकम र हातमै दिएको रकम असुल उपरको लागि अदालतमा मुद्दा दायर गरको छु अव मेरो रकम असुन उपर हुन्छ कि हुदैन प्रमाण र अदालतको फैसला वोल्दछ । यो पत्रकार सम्मेलन समाजमा जनचेतनाको लागि यस्तो समस्या अन्य परिवारमा नआओस भनेर गरेको ओम प्रकास साहको भनाई थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]