विराटनगर, भाद् २६ गते । झापाको छुट्टा छुट्टै दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरिएको छ ।
सोमबार ईलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको प्रहरी टोलीले झापा गाऊपालिका २ बजारमा साईकल यात्री भारत किसनगञ्ज महमारी धनतोला पन्चायत बस्ने २६ बर्षीय असरफुल हकलाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ८ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरिएको थियो ।
त्यसै गरी सोही दिन झापाकै बिर्तामोड नगरपालिका १ कंचनजंघा टोल स्थित बिमला होटल एण्ड लज संचालन गरि बस्ने होटल संचालिका ४० बर्षीया बिमला मोक्तान र भद्रपुर नगरपालिका ७ को २९ बर्षीय रुजन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको थियो ।
लागुऔषध ब्राउन सुगरको कारोबार भईरहेको सुचना प्राप्त भई ईलाका प्रहरी कार्यालय अनामनी झापाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको थियो । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]