चन्दन रौनियार
दुहबी, भाद्र ६ गते । सुनसरीको दुहवी वडा न. ५ स्थित जीवन ज्योती स्वास्थ्य सेवा प्रा.ली. अस्पतालका संचालकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अस्पताल बन्द गराएको छ ।
शनिबार बिहान अस्पतालका संचालकको रिपोर्ट पोजेटिभ आएपछि सो अस्पताल पूर्णरुपमा बन्द गरिएको छ ।
दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर महतोले अस्पताल बन्द गर्ने निर्देशन दिएपछि सो अस्पताल बन्द गरिएको छ ।
अस्पतालका संचालक दुहवी वडा नं. ३ का ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पाइएपछि अहिले अस्पताल बन्द गरिएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]