संजय राजवंशी
विराटनगर, भाद्र २५ गते । विराट जागृति कला केन्द्रद्धारा डाक्टर लिलि राजवंशीलाई सम्मानित गरिएको छ ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका उप मेयर शिल्पा निराला कार्की र विराट जागृति कला केन्द्रका अध्यक्ष काशी राजवंशीले प्रदान गरको हो ।
विगत लामो समयसम्म आँखाको विषेशज्ञ क्षेत्रमा २० हजार भन्दा बढि आँखाको सफल शाल्यक्रिया गरी सेवाग्राहीलाई सेवा दिदै आएकोले सो कार्यको उच्च मुल्यावंकन गर्दै सम्मान गरिएको हो ।
मोरङ्गको कटहरी गाउँपालिका वडा नं. ३ स्थायी घर भई हाल आफ्नो कर्मथलो विराटनगर महानगरपालिकामा वस्दै आएकी डाक्टर लिलि राजवंशी विराटनगर आँखा अस्पतालमा कार्यरत छिन् । डाक्टर राजवंशी एसिस्टेन प्रोफेसर एमविविएस, फेलोसिप इन भिक्ट्रो रेटिना, सिनियर ओप्यामोलोजिस्ट एण्ड भिक्ट्रो रेटिना कन्सलटेन्ट, विभाग प्रमुख अहिले रेटिना विभाग सम्माहालि रहनु भएको छ ।
सो कार्यक्रममा वुद्धिजिवी तथा समाजसेवी लगाउतको उलेख्य उपस्थिति रहेको थियो ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]