विराटनगर, भाद्र २४ गते । बिगत केही समय देखी मोरङ तथा सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा रातको समयमा एकान्तको फाईदा उठाउंदै बाटो ढुकी योजनावद्ध रुपमा कटुवा पेस्तोल, रड, लाठी लगायतका घरेलु हातहतियार देखाई कुटपिट गरी ज्यान मार्ने धम्की दिई लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरंगले सार्वजनिक गरको छ ।
लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने दुहवी नगरपालिका–४ का नसुदिन मिया, दुहवी–१ का अलिम मुर्तुजा, दुहवी–६ का मो.आलम, बुढिगंगा–४ का रिजवान मिया, बुढिगंगा–५ का नजरुल मिया, बुढिगंगा–४ का सिजाम आलमलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरको हो ।


प्रहरीले सामुहिक लुटपाट गिरोहमा संलग्न लुटेराहरुले प्रयोग गर्ने गरेको मोटरसाईकल, कटुवा पेस्तोल, मोटर साइकल लक खोल्ने मास्तर चावी, रड लगायतका हातहतियार सार्वजनिक गरेका छन् । लुटपाटवाट पिडित भएकाहरुको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दुहवीसँग सहकार्य गरेर सामुहिक लुटपाटमा संलग्न मोरङ र सुनसरीका लुटेराहरुलाई पक्राउ गर्न सफल भएको एसपी दिपक पोखरेल बताए ।
मोरङ प्रहरीले भाद्र २४ गते विराटनगर–१६ बाट भारतबाट नेपाल तर्फ आइरहेका भारत बिहारका चन्दनकुमार यादवलाई १० लाख ५० हजार भारु सहित पक्राउ गरेका छन् । ईलाका प्रहरी कार्याल रानीका प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्वासे नेतृत्वको टोलीले भारु रुपैयाँ सहित यादवलाई पक्राउ गर्न सफल भएका पत्रकार सम्मेलन मार्फत जानकारी गराए ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]