चन्दन रौनियार
दुहबी, भदौ १८ गते । सुनसरीको दुहबीमा कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु भएको छ । आज दुहबीको कृष्ण मन्दिरमा पत्रकार सम्मेलनको आयोजना गरी दुहबीमा भदौं २० गते हुन लागेको कृष्ण जन्माष्टमी महोत्सवको तयारी सुरु गरेको कृष्ण जन्माष्टमी पुजा तथा मेला महोत्सव समितिको संयोजक पंकज हलुवाईले जानकारी दिएको हो ।
दुहबी साविक ९ अहिले ६ वडा नम्बर मा ऐतिहासिक श्रीकृष्ण जन्माष्टमी पूजा एवम् रथ यात्रा महोत्सव यस बर्ष ४९ औ संस्करणमा प्रवेश गरि हषोल्लास तथा भव्यताका साथ मनाउदै आएको कृष्ण जन्माष्टमी महोत्सव यस वर्ष पनि मनाउनका लागि एक महिना अघि देखी राधा कृष्ण मन्दिर दुहबीका मूल समिती र पुजामेला समितिले तयारीमा जुटेको आयोजित पत्रकार सम्मेलनमा पुजा समितिका सचिव चन्दन बैठाले बताएका हुन् ।
श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई सफलता पूर्वक सफल बनाउनका लागी २ सय १ जनाको मूल समिती, १ सय १ जनाको सल्लाहकार समिति र ९ वटा उपसमितिहरु बनाएका छन् । महोत्सवमा बिभिन्न जातजातिहरुले झाँकी समेत प्रदर्शन गर्ने, दुहबी बजार देखी ८ किलोमिटर सम्म रथयात्रा परिक्रमा गर्ने, एक लाख भन्दा बढीको भक्तजनहरुलाई रथयात्रामा सहभागी गराउने आयोजक मूल समितिको अध्यक्ष रमेश रौनियारले बताएका छन् । सुनसरीको दुहबीमा लगातार १५ वर्षदेखी भव्यक्ताका साथ मनाउदै आएको श्रीकृष्ण जन्माष्टमी मोहत्सव यस वर्ष पनि लाखौं भक्तजनहरुलाई रथयात्रा परिक्रमा सहभागी गराई महोत्सव सु–सम्पन्न गर्ने बिश्वास पत्रकार सम्मेलन आयोजक समितिले ब्यक्त गरें ।
कृष्ण जन्माष्टमी महोत्सव दुहबीमा आठ लाख देखि नौ लाख सम्म खर्च हुने अनुमान आयोजकले गरेका छन् । महोत्सवको दिन रथयात्रामा लाखौं हिन्दु धर्मावलम्बीहरुको सहभागिता हुने भएकोले सुरक्षा ब्यवस्था कडा गरीने भएकोले कसैलाई डराउनु नपर्ने संयोजक हलुवाईले निर्धक्क रथयात्रामा सहभागी हुन आग्रह समेत गरेका छन् ।
श्रीकृष्ण जन्माष्टी महोत्सवको कार्यक्रम भदौं २०÷२१गते भजन किर्तन र प्रसाद वितरण, २१ गते बिहान जन्माष्टमी महोत्सव मोटरसाईकल ¥यालि र दिउँसो १ बजेदेखि श्रीकृष्ण रथयात्रा तथा जन्माष्टमी महोत्सव मेला सुरु हुने आयोजकले कार्यक्रम सार्वजनिक गरी बताएका छन् । पत्रकार समेलनमा दुहबी नगरपालिका वडा न.६ का अध्यक्ष घनश्याम हलुवाई , इप्रका दुहबीका प्रतिनिधि प्र.ब.ना.नि बलराम यादब, शस्त्र प्रहरी दुहबी बेस क्यामपका शस्त्र प्रहरी निरिक्षक मनोज निरौला, दुहबी ट्राफिकका प्र.ना.नी जोगेन्द्र प्रधान दुहबीका स्थानिय संचारकर्मी, स्थानीय बुद्धिजीवी समाजसेवी राजेश्वर चौधरी, राजेश रौनियार लगायतको उपस्थिति रहेको थियोे
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]