विराटनगर, भदौ १४ गते ।ब्राह्मकुमारी राजयाेग सेवा केन्द्र विराटनगरले प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्वलाई यस वर्ष पनि निरन्तरता दिएकाे छ ।
नव सृष्टिको शुभारम्भ पूर्व, कल्याणकारी पुरुषोत्तम सङ्गमयुगमा निराकार ज्योतिस्वरूप श्री पशुपतिनाथ शिव परमात्माले प्रजापिता ब्रह्माको साकार मानवीय तनमा दिव्य-अवतरण लिनुभई काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता पञ्च मनोविकारबाट मानवमात्रको रक्षाको लागि बाँध्नुभएको ‘ईश्वरीय मर्यादाको अलौकिक बन्धनलाई नै रक्षाबन्धन भनिएकाेले सामुहिक रूपमा रक्षा बन्धन मनाएको हाे ।
भय, चिन्ताले ग्रस्त, जीउ, धन र धर्मको नै असुरक्षा भएको वर्तमान अवस्थामा परमात्मा शिवबाबाबाट सुरक्षा-कवचका रूपमा प्रदान गरिने “रक्षाबन्धन” अर्थात् “राखी” महिला-पुरुष दुवैका लागि ईश्वरीय वरदान भएकाे भन्दै ब्राह्मकुमारी राजयाेग सेवा केन्द्रका प्रमुख गिता दिदीले आगन्तुकहरूलाई राखी बाधी प्रसाद वितरण गरेकाे छ ।

त्यसैगरी ब्राह्मकुमारी राजयाेग सेवा केन्द्र कटहरी कदमटाेलीले पनि रक्षा बन्धन कार्यक्रमकाे आयाेजना गरेकाे छ । परमाहतमा शिब बाबाले धर्तीमा आएर भाई र बहिनीको रक्षाकाे लागि बन्धन बाधिएकाे कारणले त्याे यादगार समयकाे सम्झनामा रक्षाबन्धज कार्यक्रम
गरिएको ब्राह्मकुमारी राजयाेग सेवा केन्द्र कटही प्रमुख संयोजक बिना दिदीले बताए ।
ब्राह्ममकुमारी राजयाेग सेवा केन्द्रले देशभरी नव रक्षा बन्धन हातमा धागो बाधेर मनाइँदै छ ।
आज पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले पाेखरी , ताल , नदी, तलाउमा ब स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्नुका साथै मठ , मन्दिर तथा पन्डित गुरु द्धारा रक्षाबन्धन पर्व मनाउने परम्परा वर्षाैँ देखि चल्दै आईरहेकाे छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]