विराटनगर, भदौ १२ गते । प्राइभेट कारको सीट मुनी लुकाएर विराटनगरबाट अबैध रुपमा काठमाण्डौ लैजाने क्रममा २० किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ ।
विराटनगरबाट अवैध रूपमा काठमाडौँ लैजाँदै गरेको २० केजी चाँदीसहित सिन्धुली प्रहरीले विराटनगरका दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका ५ का २५ वर्षीय रोहितकुमार यादव र विराटनगर बस्दै आएका ३७ वर्षीय शेचन मानन्धरलाई बिपी राजमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका ५ को गढी प्रहरी चौकीले पक्राउ गरेको सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।
०१–०२५ च १०६९ नं को प्राइभेट कारको पछाडि सिटमुनि लुकाएर चार वटा पोका बनाएर लुकाइ ल्याइएको चाँदी हालको मूल्य अनुसार २४ लाख ६१ बराबरको छ । चाँदीको स्रोत फेला नपरेपछि आवश्यक कारबाहीका लागि सवारी साधनसहित नियन्त्रणमा लिइएको छ ।
अवैध रूपमा भित्रिएको चाँदी किनेर बिक्रीको लागि लगेको हुनसक्ने प्रहरीको प्रारम्भिक आकलन छ । नियन्त्रणमा लिइएको चाँदी र सवारी साधनलाई आन्तरिक राजश्व कार्यालयमा पठाइने प्रहरीले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]