विराटनगर, भदौ ८ गते । सामाजिक सञ्चाल टिकटक, फेसबुक, ह्वाटसप लगायत इलोक्ट्रोनिक मार्फत ठगी गर्ने ४९ लाख नगद सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
उक्त सञ्चाल मार्फत “तपाई लक्कि हुनुभएको छ, तपाइले लक्की ड्र मार्फत आईफोन जित्नु भएको छ, हामी आर्यफोन पठाउँदै र्छौ कस्टम क्लियरेन्सको लागि पैसा पठाउनु पर्छ” भनि विभिन्न बैक खातामा रकम जम्मा गर्न लगाई ठगी गर्ने व्यक्तिहरुलाई नेपाल प्रहरी साइबर व्यूरोले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मधेश प्रदेशका पर्सा जिल्ला बहुदामाई नगरपालिका वडा नं. ८ बस्ने वर्ष ३० को राज कुमार पण्डीत र जिल्ला रौतहट कटहरीया नगरपालिका वडा नं. १ बस्ने वर्ष २१ को उमेश कुमार यादव रहेका छन् । उनीहरुको साथवाट नगदः रु ४९,लाख ९५ हजार रुपियाँ र ७ थान मोवाई, १२ थान एटिएम कार्ड र राउटर १ थान बरामद भएको छ ।
प्रहरीमा पिडितहरुले दिएको निवेदनहरू माथीको प्राविधिक अनुसन्धान र विश्लेषणबाट खुल्न आएका उक्त कार्यमा संलग्न व्यक्तिहरूलाई भदौ ५ गते ब्यूरोबाट खटिई गएको टोलीले ललितपुर, कुपण्डोल गुसिङ्गालबाट पक्राउ गरी निजहरूसँग भएको नगद तथा सञ्चार उपकरणहरू समेत बरामद गरी विधुत्तीय माध्यम सम्बद्ध ठगी कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालतको भाद्र ५ गतेको आदेशले दिन सात (७) म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको व्यूरोले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]