विराटनगर, भाद्र ६ गते । मोरंगका तीन स्थानीय तहमा जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञाका कारण विराटनगर बजार क्षेत्र शुनसान देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरंग विराटनगर महानगर पालिका, रंगेली नगरपालिकाका वडा नं. ४, ५, ६ र ७, कटहरी गाउँपालिकाको वडा नं. १, २, ३, ४ र ५, बढीगंगा गाउंपालिकाको १, २, ३ र ४ वडामा भाद्र १० गते सम्मको लागि शुक्रवार १२ बजे राति देखि लागु हुने गरी निषेधज्ञा जारी गरेको थियो ।
लकडाउनमा केही खुकुलो देखिएपछि आज देखि लागु गरीएको निषेधाज्ञाको पहिलो दिन सडक तथा बजारमा आम सर्वसाधारणको चहलपहल तथा आम नागरिको गतिविधिमा कमी आई सडक सुनसान देखिएका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]