विराटनगर, भाद्र ६ गते । नवजात शिशुलाई मोटो रकम लेनदेन गरी वेचिएको आरोपमा एक डाक्टर सहित ६ जनालाई पहरीले पक्राउ गरका छन् ।
अषाढ १४ गते मोरंग विराटनगर महानगरपालिका वडा नं. ९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई मोटो रकम लेनदेन गरी बेपत्ता पारिएको भन्ने सूचनाको आधारमा अनुसन्धान गर्ने क्रममा सो घटनामा संलग्न रहेका निम्न ६ जना व्यक्तिहरुलाईजिल्ला प्रहरी कार्यालय मोरङवाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरको हो ।
पक्राउहरुपमा जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका वडा नं. ४ बस्ने वर्ष २७ को गोविन्द राई, जिल्ला मोरङ, विराटनगर महानगरपालिका वडा नं. २ घर भई दिपेश मेडिकल हल संचालक बर्ष ६८ को डा. तपेश्वर लाल कर्ण, बिराटनगर महानगरपालिका वडा नं.९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत बर्ष ३३ की सुधा राजवंश, मोरङ, कटहरी गाउँपालिका वडा नं. २ बस्ने बर्ष ४६ की दिलमाया राजबंशी कटहरी गाउँपालिका वडा नं.२ बस्ने बर्ष ३० को सुर्य नारायण राजवंशी सिराहा, कल्याणपुर नगरपालिका वडा नं. १२ वस्ने वर्ष ३८ की निर्मला यादव रहेका छन् ।
साथै निजहरुको साथबाटनवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरि प्रतिवादीहरु डा. तपेश्वर लाल कर्ण र गोबिन्द राईलाई दिन ५ म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]