विराटनगर, भाद्र ५ गते । एक नवजात शिशुलाई बेचेको आरोपमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण प्रहरीको फन्दामा परको छ ।
घटनाको विवरण अनुसार मोरंगको कटहरी गाउँपालिका वडा नं. २ आदर्श टोल बस्ने दिलमाया राजवंशीलाई नवजात शिशु वेचेको आरोपमा पक्राउ परेको मोरंग प्रहरी प्रवक्ता डिएसपी रन्जन दहालले जानकारी दिए ।
दिलमायाको बयानमा डा. कर्णलाई ५ लाख दिएको र २ लाख बच्चाको औषधी उपचारमा खर्च भएको भएको वताएकी छिन् । उक्त बच्चा अविवाहित जोडीवाट जन्मिएको वच्चा थियो ।
अविवाहित प्रेम जोडीबाट जन्मिएकी शिशुलाई विराटनगरस्थित ग्रिनक्रस हस्पिटलबाटै बेपत्ता गरेको आरोपमा मोरङ प्रहरीले कर्णसहति दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । शुक्रवारदेखि विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका डा. कर्ण मङ्गलवार दिउँसो डिस्चार्ज भएपछि प्रहरीले न्यायीक हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।
सोही घटनामा पक्राउ परेको अर्का आरोपी भोजपुरको हतुवा गढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबार पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । प्रतिवादी राई अविवाहित किशोरीका प्रेमी हुन् । प्रेमीकै मिलेमतोमा शिशु बिक्री गरिएको प्रहरीको अनुमान छ ।
अविवाहीत किशोरीले असार १३ गते ग्रीनक्रस हस्पिटलमा छोरी जन्माएकी थिइन् । ‘नर्मल डेलिभरी’ मार्फत छोरीलाई जन्म दिएकोमा शिशु र प्रेमी बेपत्ता भएपछि युवती प्रहरीमा उजुरी दिन पुगिन ।
दुई जोडीको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दीपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डाक्टर कर्णको हो । क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर दुरीमा रहेको छ ।
डा.कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसूति गराएका थिए । उनीहरूबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ ।
व्यथा लाग्ने औषधी खुवाएर प्रसूति गराएपछि युवतीलाई अस्पतालले १४ असारमा डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।
डाक्टर कर्ण लामो समयदेखि नवजात शिशु वेचविखन कार्यमा सक्रिय रहेको हुनसक्ने भएकोले प्रहरीले त्यसतर्फ पनि अनुसन्धान अगाडि बढाएको छ ।
कर्णको धन्दा नै अवैध गर्भपतन गराउने र त्यस्तो सम्बन्धबाट जन्मिएका शिशुको व्यवस्थापनका नाममा अभिभावकबाट समेत रकम लिने र त्यही शिशुलाई मोटो रकम लिएर निःसन्तान दम्पतीलाई बिक्री गर्ने देखिएको छ ।
त्यस्ता अवैध सम्बन्ध राखी गर्भ बसेकोलाई पतन गराउने र गर्भपतन गर्न नमिलेर जन्मिने शिशुको व्यवस्थापनका लागि अभिभावकबाटै रकम लिएर डा.कर्णले अन्यत्र बिक्री गर्दै आएको प्रहरीको अनुमान छ । नवजात शिशु किन्ने राजजवंशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]