विराटनगर, श्रावण २८ गते । हुलाकी राजमार्ग चाडाभन्दा चाडो निर्माण कार्य सम्पन्न गर्न माग गर्दै कटहरीका सर्वसाधारणहरुले सेतो प्लेटको सवारी साधनलाई रोकेर विरोध गरेका छन् ।
हुलाकी राजमार्गमा पर्ने कटहरी गाउँपालिकाका यूवाहरुले राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरुले चढने सेतो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी साधन रोकेर विरोध जनाएको हो ।
कटहरी गाउँपालिका अन्तर्गत पर्ने हुलाकी मार्ग निर्माण कार्य छाडेर ठेकेदार बेपत्ता भएपछि हुलाकी सडकमा सरकारी यातायातका सवै सवारी साधन २ घण्टा रोकेर सर्वसाधारणहरुले विरोध जनाएको गरेका हुन् ।
हुलाकी सडक निर्माण गर्न ठेक्का लिएका कम्पनी र पेटी ठेक्केदारहरु भागेपछि अहिले हुलाकी सडक अलपत्र बनेको छ, भने बाटो हिलामै भएको छ । कुनै पनि यातायातका साधन चलाउन कठिनाई भइरहेको छ ।
हुलाकी सडक निर्माणको काम ढिलाई भएका कारण पानी परेको बेला झन बढी उच्च जोखीम मोल्नु परेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी शान्ति पूर्ण धर्ना बस्दै आएपनि सरकारले कुनै सुनवाई नगरेपछि सरकारी यातायातका सवै सवारी साधनमा प्रत्येक दिन २ घण्टाका लागि रोकेको कटहरी गाउँपालिकाका पूर्वअध्यक्ष रामकुमार कामतले वताए ।
सरकारी यातायातका सवै सवारी साधन प्रत्येक दिन विहान ९ वजेदेखि ११ वजेसम्म लागि सेतो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी रोकेको कामतले जानकारी गराउँनु भयो ।
जबसम्म ठेकेदारले बाटो निर्मार्णको काम ुसुचारु गर्दैन तब सम्म शान्ति पूर्ण आन्दोलन जारी रहने उहाँले सरकारलाई चेतावनी दिएकोछ । कटहरीका सर्वसाधारणले रंगेली नगरापालिकका मेयर चढने सेतो प्लेटको गाडी, रतुवामाई नगरपालिकाका मेयर चढने सेतो प्लेटको गाडीलगायत राष्ट्र सेवकहरु चढने सेतो प्लेटका दुई पांग्रे र चार पांग्रे सवारी रोको र विरोध जनाएका छन् ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]