विराटनगर । केही महिना अगाडी देखि देशभरी प्रदर्शनमा उत्रिएका वित्तीय संस्था पीडित संघर्ष समितिले आफ्नो माग सम्बोधनका लाग दवाव दिने उदेश्यले काठमाण्डौको होटल एभरेष्ट अगाडी सडकमा प्रदर्शन गर्ने क्रममा १७ जना प्रदर्शन कारीलाई प्रहरीले पक्राउ गरका छन् ।
लघुवित्त तथा वित्तीय संस्था पीडित संघर्ष समितिका केन्द्रीय सदस्य सुनिल चौधरीका अनुसार बुधबार माग सम्बोधनका लागि दबाव दिने गरीएको प्रदर्शनमा उनीहरुलाई पक्राउ गरिएको वताए ।
चधरीले भने केही महिना देखि निरन्तर वित्तीय संस्थाहरुको विरोधमा आन्दोलन गर्दै आएका छौ । हाम्रो माग सरकारले सम्बोधन नगरे सम्म आन्दोलन जारी रहन्छ । प्रदर्शन कारीहरुले घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्नुपर्ने, लुघवित्तलाई खारेज गर्नुपर्ने, सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा दुव्र्यवहार गर्नेलाई कारबाही गर्न नेपाल सरकारसंग माग गरका छन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]