विराटनगर, भाद्र ५ गते । विगत केही साता देखि विराटनगर महानगरपालिका भित्र लकडाउन रहेता पनि थप कडाई गर्नको लागि आज रातीबाट लागु हुनेगरी ५ दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।
विराटनगर महानगर पालिकाले ७ दिनको लागि निषेधाज्ञा लगाउन प्रस्ताव गरेपनि ५ दिनको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरंगका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए ।
कोरोना संक्रमन दिनदिनै बृद्धि भई रहेको र आम नागरिक भिडभाड, हिलडुन गर्न न छाडेकोले थप कडाई गर्न निषेत्रधाज्ञा जारी गरेको छ ।
निषेधाज्ञा अवधिमा सार्वजनिक सेवाका क्षेत्रको सवालमा अहिले भइरहेका कामहरुले भने निरन्तरता पाउने भएको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]