बिराटनगर, श्रावण ९ गते । मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोमवार बिराटनगर महानगरपालिका –१६ हुलास चौक स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका–६ का बिबेक ग्वालालाई शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल लागुऔषधी फेलापारी नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी सोही दिन ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका १ रत्नचोक स्थितबाट स्थानीय २१ बर्षीय शैलेस गुरुङलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित स्थानीय २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बिकलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]