विराटनगर, अषाढ ८ गते । विराटनगर महानगरपालिका भित्र सुर्ती जन्य पदार्थ रजनीगन्धा, गुट्का, खैनीमा प्रतिवन्ध लगाएको छ तर चुरोट रक्सी चाहिं खुलेआम विक्री वितरण भईरहेकोमा विराटनगरका आम नगरिकले असन्तुष्टी जाहेर गरेका छन् ।
एक पान पसल व्यापारीले भने ‘नेपालको कानुन दैवले जानुन’ यहां कानुन जनताको लागि नभएर आफ्नो फाईदको लागि मात्र बनाउने गरेका छन् । विराटनगर महानगरपालकाले बैशाख १ गते देखि सुर्तिजन्य पदार्थमा प्रतिवन्ध लगाएको छ । त्यही वेला देखि बजारमा महानगरका कर्मचारीहरु र महानगरका प्रहरीहरु अनुगमनमा आउँछन् अनि सुर्तिजन्य पदार्थ गुट्का, तुलसी, खैनी मात्र हेर्दछ त्यही चुरोट राखेको हुन्छ केही वोल्दैन र चुरोट जफत पनि गरिदैन, यस्तो पनि कानुन हुन्छ चुरोट र रक्सी खुलेआम वेच्ने तर गुट्खा खैनीलाई प्रतिवन्ध लगाउने यो कस्तो नियम ? गुट्खा, खैनी, जर्दा, रक्सी, चुरोट यी सवैले मानव शरिरमा हानी नै प¥याउँछ त्यसैले बन्द गर्ने हो भने सवै सुर्तीजन्य पदार्थ र रक्सीलाई बन्द गरौं अन्यथा सबै विक्री वितरण गर्न दिउ वहांको भनाई छ ।
एक अर्को व्यपारीले भने सुर्तिजन्य पदार्थ गुट्खा, खैनीमा मात्र प्रतिवन्ध लगाउनु भनेको स्वदेशी उद्योगलाई मार्ने नीति हो । सुर्तिजन्य पदार्थमा प्रतिवन्ध लगाउनाले स्वदेशमा भएको उद्योग बन्द हुन्छ भने छिमेकी देश भारतवाट चोरी पैठारी भई नेपालमा भित्रिएपछि महंगो मुल्यमा उपभोक्ताले खरिद गर्न वाध्य हुन्छ वहांको भनाई छ ‘खाने मुखलाई जुगाले छेक्दैन । त्यसमा पनि गुट्खा, सुर्ती विक्रीवितरणमा प्रतिवन्ध अनि चुरोट र रक्सी खुल्लेआम विक्रीवितरणले मानव स्वास्थयमा कुनै परिवर्त नहुने दावी गर्दै अगाडी थपे कित सुर्तीजन्य पदार्थ र रक्सी पूर्ण रुपमा प्रतिवन्ध लगाए मात्र मानव स्वास्थ्यमा परिवर्तन हुन्छ । त्यसवाट लाग्ने क्यान्सर जस्ता खतरनाक रोगबाट बच्न सक्छ ।
विराटनगर महानगरपालिका भित्र सुर्ती जन्य पदार्थ खुट्खा, तुलसी, खैनीमा प्रतिवन्ध तर सुर्ती जन्य पदार्थमै पर्ने चुरोट किन खुल्ला रुपमा विक्रीवितरण हुन्छ भन्ने प्रश्नमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भने चुरोटमा सरकारले अन्त शुल्क लिई रहको छ त्यसैले त्यसमा प्रतिवन्ध लगाउन मिल्दैन तर चुरोट पनि १८ वर्षमुनिकालाई विक्रीवितरण गर्न पाईदैन । सार्वजनिक स्थलमा चुरोट खान पाईदैन यदि खाए पहिलो चोटी सचेत गराउँछ त्यसपछि ऐन र नियमावली अनुसार कारवाही हुन्छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]