बिराटनगर, श्रावण ७ गते । मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार मोरङको लेटाङ नगरपालिका–३ स्थितमा प्रतिबन्धित औषधी बिक्रि वितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्याकय लेटाङबाट खटिएको प्रहरी टोलीले स्थानीय १७ बर्षीय लुसान बर्देवाको घरमा खानतलासी गर्दा स्पाईन–३ सय १२ र टरमाडोल– ३ सय चक्की औषधी फेला पारी नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले उदयपुरको त्रियुगा नगरपालिका–६ स्थितबाट त्रियुगा–४ का १७ बर्षीय आयुस चौधरी र १८ बर्षीय दिपेश चौधरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट फेनारगन, डाईजेपाम र नोरफिन गरि जम्मा १ सय २८ एम्पुल औषधी फेला पारेको थियो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]