विराटनगर, श्रावण २ गते । मोरङ, झापा र ईलाम जिल्लाका बिभिन्न स्थानहरुबाट अबैध लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलिले सोमबार मोरङको पथरीशनिश्चरे नगरपालिका –४ का ३९ बर्षिय धन बहादुर थापालाई निजकै घरमा लुकाई छिपाई राखेको अवस्थामा प्रतिबन्धित औषधी ट्रमाडोल ६ सय २९, स्पास्पेन ६ सय ६५ पिस सहित नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी झापाको मेचीनगर नगरपालिका– ६ स्थितबाट प्रदेश ०२–०२२ प ८७२७ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल तर्फ आउदै गरेका स्थानिय २९ बर्षिय अशोक डुम्जन तामाङ्लाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा मोटरसाईकलको हेलमेट भित्र लुकाईछिपाई ल्याउदै गरेको अवस्थामा ८ मिलिग्राम ब्राउनसुगर फेला पारी प्रहरीले नियन्त्रमा लिएको थियो ।
ईलामको सुर्योदय नगरपालिका–६ कन्याम स्थित झापाबाट ईलाम तर्फ जादै गरेको बा २१ च ७९७१ नम्बरको कारमा लुकाई छिपाई लादै गरेको ब्राउन सुगर सहित स्थानिय २४ बर्षिय समिर तामाङलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका पांचै जना उपर सम्वन्धित कार्यालयवाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]