विराटनगर, भाद्र ५ गते । कोरोना संक्रमित विराटनगरको एक जना यूवाको होम आइसोलेशनमै मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका वडा नं. ६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । कोरोनाको लक्षण देखिएपछि भाद्र १ स्वाब संकलन गरेर जाँच गर्दा ३ दिनपछि पोजेटिभ आएको थियो ।
कोरोना संक्रमितलाई उपचारको लागि कोभिड–१९ उपचार केन्द्रमा वेडको अभावका कारण अस्पतालमा भर्ना हुन सकेका थिएनन् । जसका कारण विहीबार राती घरैमै मृत्यु भएको थियो । योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]