विराटनगर, श्रावण १ गते । दुहवी नगरपालिका वडा नं. ५ मा रहेको १ सय वर्ष पुरानो हनुमान मन्दिरले ओगेटेको जग्गा संरक्षणको लागि जस्तो सुकै कदम चाल्ने साधुहरुले चेतावनी दिएका छन् ।
नेपाल पत्रकार महासंघ मोरंपग शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी हनुमान मन्दिरले ओगेटेको करीव १ विगहा ६ कट्ठा क्षेत्रफल जग्गा मध्ये करीब ८ कट्ठा जग्गा दुहवी नगरपालिकाले हिन्दु स्वयम सेवक संस्थालाई दिने निर्णय गरेपछि सो चेतावनी दिएको हो ।
हनुमान मन्दिर परिसरमा नेपाल सरकारको नाममा रहको करीब १ विगहा ६ कट्ठा जग्गा मध्ये करीब १३ कट्ठामा पोखरी रहेको छ । करीब ५ कट्ठा जग्गामा मन्दिर छ वांकी जग्गामा वाली लगाई साधुहरुले जीवन आपन गर्दै आएको मनोज कुमार रौनियारले वताए ।
दुहवी नगरपालिकाले हनुमान मन्दिरमा रहेको साधुहरु र आगन्तुक साधुहरुलाई कहिले पनि एक पैसाले सहयोग गरेको छैन अहिले उल्टै नगरपालिकाका मेयरले जग्गा हड्पेर अर्को एनजीयोलाई दिने निर्णय गरेर साधुसन्तहरुलाई भगाउन खोजेको आरोप रौनियरले लगाए ।
त्यसैगरी हनुमान मन्दिरमा बस्दै आएका कन्हैया दास, शिवचरण गोस्वामी, दिवाकर चौधरी र महादासीन बस्दै आएका छन् । उनीहरुले हनुमान मन्दिरमा पूजापाठ गर्ने र खाली जग्गामा अन्न उत्पादन गरी आफूहरु खाने र आगन्तुक साधुसन्तलाई समेत खुवाउने गरको सिताराम संघ समाजको अध्यक्ष महन्थ कपिल बाबाले वताए ।
कपिल बावाले भने मन्दिर र कुटीहरुमा अहिले केही व्यक्तिहरुले हाली मुहाली गरी रहेका छन् । ती व्यक्तिहरुले साधु सन्तहरुलाई अपहेल्न गर्ने, साधु सन्तले ओगेटेको जग्गामा आँखा लगाउने काम भई रहेको छ । दुहवीको हनुमान मन्दिरमा त्यस्तै नगरपालिकाले गरि रहेको छ । नगरपालिकाले आफ्नो निर्णय नसच्याए देशभरको साधुहरुलाई भेला गरी जस्तो सुकै कदम चाल्न वाध्य हुने समेत चेतावनी दिए ।
कपिलबाबाले विराटनगर महानगरपालिका वडा नं. ९ को वाटा गल्लीमा रहेको कविर सतगुरु आश्रमलाई बाबु प्रसाद यादवले सटर बनाएर भाडा लगाई महिनाको ३ लाख खाने गरेको र कविरको मन्दरको चारै तिर फोहर वनाएर वराखेको भन्दै त्यसको विरुद्ध पनि केही समय पछि कविर सन्तहरुको भेला गरी आन्दोलन गरने वताए । सन्तहरुको सम्पति सन्तहरुले उपभोग गर्ने पाउनु पर्ने वहांको भनाई थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]