बिराटनगर, अषाढ २८ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–९ स्थितमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुधवार मेचिनगर नगरपालिका– ७ की ४२ बर्षीया रुपा प्रधान ८ ग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिईएको थियो ।
त्यसै गरी कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैंचा नगरपालिका–१० का २६ बर्षीय सुमन कोइराला र बेलबारी नगरपालिका–३ की २५ बर्षीया ज्योति तामाङलाई १ ग्राम ७० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
अस्थायी प्रहरी चौकी मंगलबारे मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली–२ का २३ बर्षीय बिजय खवासलाई प्रतिवन्धित औषधि ट्रमाडोल २९० क्याप्सुल र स्पास्पेन २९० क्याप्सुल सहित नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]