बिराटनगर, अषाढ २७ गते । झापा, मोरङ, उदयपुर र धनकुटाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र औषधी सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मंगलवार दमक नगरपालिका–८ का २७ बर्षीय तिलकराम खवास, २२ बर्षीय रेशम गौतम र १९ बर्षीय दिपक साह समेत लाई ४ ग्राम ब्राउन सुगर, नगद ९ हजार, डिजिटल मेसिन १ थान र दमक–४ स्थितबाट २९ बर्षीय कुशल राईलाई ७ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
त्यसै गरी धनकुटाको धनकुटा नगरपालिका–१ हिले बजारबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले २८ बर्षीय रुबिन राई र छथरजोरपाटी गाउँपालिका–२ का २० बर्षीय मिङमा शेर्पालाई ६ सय ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको थियो ।
मोरङको लेटाङ नगरपालिका–२ बाट २३ बर्षीय थिर बहादुर राउत, २२ बर्षीय एनोष तामाङलाई ४९ मिलिग्राम ब्राउन सुगर र मिग्लाजुङ गाउँपालिका– ३ का २५ बर्षीय दिलिप थापालाई लागुऔषधी स्पास्पेन ३ सय १० चक्की, ट्रामाडोल २ सय चक्की सहित पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका–६ स्थितबाट त्रियुगा नगरपालिका–११ का २१ बर्षीय शिव अधिकारी, २० बर्षीय सिताराम चौधरीलाई डाईजोपाम, फेनारन, प्रिनोर्फिन सहित ६६ एम्पुल प्रतिवन्धित औषधी सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका एघारै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

 

सम्पर्क

क्राइम अपरेशन साप्ताहिक

बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल

०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३

Email: [email protected]