विश्व
विराटनगर, भाद्र ५ गते । रुसी राष्ट्रपति भदिमिर पुटिनका कट्टर आलोचक नभाल्नी कोमामा गएको छ । नभाल्नीलाई विष खुवाएको आशंका गरिएको थियो ।
नभाल्नी रुसको ओम्स्क सहरस्थित एक अस्पतालमा कोमामा रहेको र उनको जीवन रक्षाको निम्ति प्रयास गरिरहेको चिकित्सकहरुले जनाएको छन् ।
रुसी राष्ट्रिपति पुटिनको विरोध गरेकामा धेरै पटक जेल परेका थिए । ४४ वर्षीय नभाल्नी आफूलाई भ्रष्टाचार विरोधी अभियन्ताको छवि बनाएका छन् ।
नभाल्नी आन्तरिक उडानका क्रममा हवाई जहाजभित्रै बेहोस भएका थिए । त्यसपछि उनी सवार हवाई जहाजलाई आपतकालीन अवतरण गराएर अस्पताल लगिएको थियो ।
नभाल्नीलाई चियामा मिसाएर विष खुवाइएको आशंका गरेका छन् । विमानस्थलको क्याफेमा उनलाई चियामा विष हालेर दिइएको नभाल्नीका समर्थकहरुले आशंका गरेका छन् ।
जर्मन चान्सलर एङ्गेला मर्केलले नभाल्नीको उपचारमा सघाउने बताएकी छन् । नभाल्नीलाई लिन रुस जानका लागि एयर एम्बुलेन्स तयारी अवस्थामा रहेको जनाइएको छ । पुटिनका प्रवक्ताले नभाल्नीका स्वास्थ्य लाभको कामना गरेको छ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]