संजय राजवंशी
कटहरी, अषाढ २६ गते । बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहको सातौं बार्षिक साधारण सभाबाट दिनेश प्रसाद गिरीको अध्यक्षतामा २१ सदस्य नयां कार्य समिति चयन भएका छन् ।
असार २१ गते बेलवारिमा सम्पन साधारण सभावाट उपाध्यक्षमा कटहरी गाउँपालिकाका समाजसेवी एवं राजनीति कर्मी श्याम प्रसाद मण्डल निर्वाचित भएको छ ।
त्यसैगरि आदिवासी जनजाति सदस्यमा कानेपोखरी गाउँपालिकाका रुपमान गुरुङ, मधेशी सदस्यमा धनपालथान गाउँपालिकाका दामोदर प्रसाद मण्डल र दलित सदस्यमा कानेपोखरीका देवी बहादुर विश्वकर्मा निर्वाचित भएका छन् । कानेपोखरी गाउँपालिकाका छविलाल चौधरीलाई वडा बाट जनप्रतिनिधि छनौट गरिएको छ ।
सातजना खुला सदस्यमा रंगेली नगरपालिकाका उमेश कुमार मण्डल, छत्रबहादुर निरौला, धनपालथानका अरुण कुमार चौधरी बेलबारीका होमबहादुर खड्का र पृथ्वी नारायण ताजपुरिया र बेलबारीका गणेश अधिकारी चयन भएका छन् ।
तीनजना महिला सदस्यमा बेलबारीकी रम्भा राजवंशी, रंगेलीकी मिरा दाहाल र धनपालथानकी रितादेवी सरदार निर्वाचित भएका छन् ।
बेलबारी चिसाङ साझेदारी वन उपभोक्ता समूहको सातौं बार्षिक साधारण सभाबाट चिर्वाचित सम्पुर्ण पदाधिारीहरुलाई सफल कार्यकालको लागि कटहरी गाउँपालिकाकी उपाध्यक्ष सिता देवी राजवंशीले हार्दिक वधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]