विराटनगर, अषाढ २२ गते । मोरंगको जहदा गाउँपालिकामा पिछडा वर्ग (ओविसी) को भाषा, संस्कृति र संस्कार सम्बन्धि तालम ७ वटै वडामा सम्पन्न भएको छ ।
अषाढ ८ गते जहदा गाउँपलिका वडा नं. ५ बाट शुरु भएको तालिम वडा नं. ४ मा अषाढ २२ गते विहीवार सम्पन्न भएको हो ।
पिछडा वर्ग (ओविसी) मा पर्ने बढंई, कुशवाहा, कुर्मी, कुम्हार, कहार, कमार, केवट, कानू, कलवार, तेली, नुनियां, बजिया, भेडिहर, माली, मल्लाहा, मुसलवान, बरई, यादव, राजभर, राजधोब, रौनियार, लोहार, लोध, सुडी, सैनी, सोनार, हलुवाई, हजाम, अमात, केवरत, बर्णवाल, जोगिया, बिन, बेलदार, कालाबाज, बोट, बडै, लहेरा लगायतका जातिहरुको भाषा, संस्कृति र संस्कार सम्वन्धी चेतनामूलक तालिम सम्पन्न गरको छ ।
जहदा गाउंपालिकाको ७ वटै वडामा दुई–दुई दिनको तालिममा सहभागीहरुलाई सहजीकरण भाषा संस्कृति प्रतिष्टनाका अध्यक्ष जय प्रकाश महतो, पत्रकार श्याम सुन्दर सुतिहार, पत्रकार हिरालाल साह, मगही भाषा अभियन्ता रजनीकान्त र समाजिक अभियन्ता जगरनाथ रायले गरेका थिए ।
उक्त तालिममा पिछडावर्गमा पर्ने जातिहरुको महिला र पुरुष गरी प्रत्येक वडामा ३५ देखि ४० जनाको सहभागीता रहेको थियो । सो तालिममा सहभागीहरुलाई पिछडावर्गको भाषा, संस्कृति, संस्कार र पिछडावर्गमा पर्ने जातिहरुको परम्परागत पेशा र आधुनिक पेशाको वारेमा सहजीकरण गरीएको थियो ।
तालिमको व्यवस्थापन स्थानीय कमलकान्त कामत, लोमस कुमार कामत र सुरज कामतले गरेको थियो ।
७ वटै वडा गरी १४ दिन सम्म संचालन भएको तालिम जहदा गाउंपालिकाको आर्थिक सहयोगर र महादेवी मल्टीप्रपोज प्रा.लि. जहदा १ को आयोजनामा भएको थियो ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]