विराटनगर, अषाढ १८ गते । कोशी प्रदेश सभा सांसद माननीय रामप्रसाद मेहताले मगही भाषा, लोककला, साहित्य, संस्कृती र संस्कारलाई संरक्षण गर्न आवश्यक रहको भन्दै नयाँ पिढिका यूवाहरुले त्यसको संरक्षणमा लाग्नु पर्ने वताएको छ ।
भाषा संस्कृति प्रतिष्ठनले आयोजनामा शुरु भएको मगही भाषा, मगही साहित्य, मगही संस्कृति र संस्कार सम्वन्धी दुई दिने गोष्ठीको प्रमुख अतिथी मेहताले समुद्घाटन गर्दै सो कुरा वताएको हो । अहिलेको यूवाहरुले पश्चिमी पहिरणका लुगाहरु लगाउने पश्चिमी भाषा अनुसरण गर्ने लगायतको प्रचलन बढ्दै गएकोले त्यसलाई रोक्न यूवाहरु संचेत हुनु पर्ने वहांले धारण व्यक्त गरेका थिए ।
त्यसैगरी कोशी प्रदेशका माननीय जय प्रकाका चौधरीले देशको विकास र समृद्धि गर्ने हो भने सव भन्दा देशभित्र रहेका जातजातिहरुको भाषा, संस्कृती र संस्कारलाई संरक्षण सरकारले गर्नुपर्ने वताउदै त्यसको लागि आ–आफ्नो जातजातिका यूवाहरुले सरकारलाई घचघचाई राख्नुपर्ने वताए ।
कोशी प्रदेशको माननीय ललिता चौधरीले भने भाषा, संस्कृति र संस्कारको संरक्षण अरु कसैले गरी दिदैन स्वय त्यही जातिको यूवाहरुले संरक्षणमा लागे मात्र सम्भव छ । आ–आफ्नो जातजातिहरुले भाषा, संस्कृति र संस्कार संरक्षणमा लागे सरकारले पनि सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए ।
सामाजिक अभियन्ता मिथीला रत्न बसुन्धराले नेपालमा वोलिने सबै जातिको भाषा, संस्कृति र संस्कारको संरक्षण हुनुपर्ने भन्दै तराई मधेशमा वोलिने खासगरी मगही, मैथली, भोजपुरी, अवधी लगायतको भाषाहरुको अभियन्ताहरुले एक अर्कालाई प्रतिस्पधी नठानी सबै मिलेर एकअर्कोलाई सहयोग गरेर अगाडी वढ्नु पर्ने वताए ।
दुई दिने कार्यशाला गोष्ठीमा मगही भाषा, मगही लोककला, मगही साहित्य र मगही संस्कार र संस्कृति सम्वन्धी चारवटा कार्यपत्रहरु प्रस्तुत हुने छ । जस मध्ये आज मगही अभियन्ता डा. वीर बहादुर महतोले मगही लोककला र मगही भाषाको इतिहास सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । जसमा प्रा.डा बद्री विशाल पोखरेल र स्वतन्त्र पत्रकार यज्ञ शर्माले टिप्पणी गरेका थिए ।
उक्त गोष्ठीमा कोशी प्रदेश सभा सांसद गितारानी महतो, वृहत मधेशी नागरिक समाजका कोषध्यक्ष योगेन्द्र प्रसाद यादव, डा. महेन्द्र नारायण यादव महेन्द्र मोरंग आदर्श वहुमुखी क्याम्पस पुर्व प्रमुख लगायत दर्जनौ प्राध्यापक, पत्रकार, वुद्धिजीव, शिक्षक र मोरंग, झापा, सुनसरीका मगही भाषा अभियन्ताहरु लगायतको सहभागीता रहेको थियो ।
भाषा संस्कृति प्रतिष्ठानका अध्यक्ष जय प्रकाश महतोको अध्यषतामा भई रहको गोष्ठीमा मंगलवार अध्यक्षको मगही संस्कार र संस्कृति सम्वन्धी कार्यपत्र र पत्रकार श्याम सुन्दर सुतिहारको मगही भाषा मे संस्कृति आर संस्कार विषयको कार्यपत्र प्रस्तुत गरी सहभागीहरुसंग छलफल गरी, सुझाव लिई कार्यक्रम सम्पन्न हुनेछ ।
क्राइम अपरेशन साप्ताहिक
बिराटनगर महानगरपालिका वडा न. ८ प्रगतिटोल
०२१-४१५३२४, ९८४२०२७१४२, ९८०७३५२२१३
Email: [email protected]